+
+

तेलको मूल्य बढ्दा साउदी कम्पनीलाई फाइदा : ३ महीनामा झण्डै ३१ अर्ब डलर कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:५५

१४ कात्तिक, काठमाडौं । विश्वकै ठूलो साउदी तेल कम्पनी अरामकोले पछिल्लो ३ महीनामा झण्डै ३१ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ ।

आइतबार साउदी तेल कम्पनी अरामकोले पछिल्लो त्रैमासिकमा कुल ३० अर्ब ४० करोड अमेरिकी डलर आम्दानी गरेको जानकारी दिएको छ । विश्व बजारमा तेलको मूल्य बढ्दा र कोभिड महामारी सहज बनेर पुनस् माग बढ्दा कम्पनीको त्रैमासिक आम्दानी बढ्न पुगेको हो ।

यो वर्षको तेस्रो त्रैमासिकमा अरामकोको आम्दानी १५८ प्रतिशतले बढेको रोइटर्सले जनाएको छ । जबकी अघिल्लो वर्ष सोही त्रेमासिकमा अरामकोले केबल ११ अर्ब ८० करोड अमेरिकी डलर कमाइ गरेको थियो ।

‘प्रमुख बजारमा बढेको आर्थिक गतिविधि, ऊर्जाको मागमा वृद्धि र हाम्रो सस्तो उत्पादनका कारण तेस्रो त्रैमासिकमा शानदार प्रदर्शन सम्भव भएको हो’, कम्पनीका प्रमुख अधिकारी अमीन नसरले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको कारोबार प्रति ब्यारेल ८३ भन्दा बढीमा भइरहेको छ । पछिल्लो समय कोभिड(१९ का कारण लगाइएका प्रतिबन्ध खुकुलो हुँदै गएपछि उपभोक्ता र कम्पनीले थप ग्यास तथा हवाई इन्धन प्रयोग गर्न थालेकाले बजारमा इन्धन माग बढ्न पुगेको छ ।

‘आगामी दिनमा समेत इन्धनको माग स्वस्थ रहने कुरामा हामी आशावादी छौं’, नसीरले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?