+
+

असनमा तिहारको किनमेल गर्नेको भीड (फोटोफिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ कात्तिक १६ गते १९:२६

१६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्ने सर्वसाधरणहरुको ठूलो भीड लागेको छ । सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ ।

विशेष गरी सधैं व्यस्त रहने काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ ।

बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधरणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ । विशेष गरी भाइ मसला तथा फूलका माला किन्नेहरुको भीड लागेको देख्न सकिन्छ । यस्तै झिलिमिली बत्ति किन्ने पसलमा पनि मानिसको भीड उस्तै छ । तिहारमा लागि आवश्यक खाद्यान्न र सरसामान किन्नेको घुइँचो पनि बजारमा थामिनक्नु देखिन्छ । यस्तै कपडा पसलमा पनि मानिसको बढी भीड देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?