+
+

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षतिको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ८:४७

१७ कात्तिक, बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो ।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गरेका छन् । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताए । उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?