+
+

नेपाल खुला विश्वविद्यालय पाँच महिनादेखि पदाधिकारीबिहीन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १६:१३

१७ कात्तिक, काठमाडौं । नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीबिहीन बनेको छ ।

तत्कालीन उपकुलपति प्रा.डा.लेखनाथ शर्माको कार्यकाल गत जेठ १७ गते र तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको कार्यकाल गत जेठ २० गते पूरा भएपछि पदाधिकारी बिहीन बनेको हो।

पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा इन्द्रबहादुर कार्कीले बताए । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। उनले भने, ‘नीतिगत कामहरु सबै प्रभावित छ । लामो समयसम्म पदाधिकारी नियुक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।’

पदाधिकारी तथा डीन नहुँदा तिहार लगत्तै हुनुपर्ने बीबीएस र एलएलबीको परीक्षा समेत प्रभावित हुने कार्कीको भनाइ छ । उनले भने, ‘परीक्षा गराउनको लागि केन्द्रिय परिषदको बैठक बस्नुपर्छ। परिषदको संयोजक नै रजिष्ट्रार हुनुपर्ने व्यवस्था छ। तर अहिले रजिष्ट्रार नहुँदा समस्या देखिएको छ ।थप समस्या डीनहरु पनि हुनुहुन्न ।’

तीन संकाय सञ्चालन गरिरहेको विश्वविद्यालयमा दुई वटा संकायका डीनको पनि पद रिक्त छ । सामाज शास्त्र तथा शिक्षा शङ्कायका डीन प्रा.डा. शीलु मानन्धर बज्रचार्य र व्यवस्थापन तथा कानून संकायका डीन प्रा.डा. रामचन्द्र पौडेलको चार वर्षको कार्यकाल गत भदौ पहिलो हप्ता सकिएपछि डीन बिहीन बनेको हो । विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा डीनको नियुक्ति पनि हुन नसकेको निमित्त कार्कीले बताए ।

पदाधिकारी नहुँदा विभिन्न संकायका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट समेत रोकिएको छ । अध्ययन केन्द्र स्थापना, केन्द्रिय कार्यलय तोक्नको लागि ताकेता गर्न लगायतको काममा असर गरेको निमित्त कार्कीले बताए ।

पदाधिकारी छनौट समितिले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरेपनि नियुक्ति हुन सकेको छैन । छनौट समितिले गत असार अन्तिम साता पदाधिकारीका लागि नाम सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?