१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकामा देखिएको समस्याको समाधान सरकारले दिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालयमा समस्या देखिएका बेला सरकार र दलहरु चुप बस्न नमिल्ने बताएका हुन् ।
‘…न्यायालयमा भएको बेथितीमा यो सरकारका नेताहरुले करेक्सन नगरे कसले गर्छ, कसको जिम्मा त ? कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैं विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ?’ उनले प्रश्न गरे, ‘यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खाली भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’
नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए ।
नेपालको त्रुटिपूर्ण व्यवस्थापनका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली कांग्रेस नेतृत्वको सरकारले भविष्य हेरेर काम गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4