+
+

जनताको पक्षमा काम नगरे मन्त्रीलाई कारबाही गर्छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १८:१७

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताएका हुन्

पार्टीमा जतिसुकै ठुलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताउनुभयो । ‘हाम्रा मन्त्रीहरुलाई जनताको पक्षमा काम नगरे जस्तोसुकै ठूलो पदको भएपनि हामी कडा स्टेप चाल्नेमा छौँ अहिले । तपाईँहरुको साथ भयो भने जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट हामी अगाडि बढेका छौँ’ उनले भने ।

अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको पनि बताए । उनीहरुको मुख्य तारो आफू बनेको पनि प्रचण्डले जिकिर गरे ।

‘देशी विदेशी प्रतिक्रियावादीहरु कुनै न कुनै रुपले माओवादी आन्दोलनलाई के गरी कमजोर पार्ने, जति गरेपनि नहुने, उनीहरुले तारो बनाए तपाईंहरुलाई थाहा छ, उनीहरुको तारो भनेको माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व । किनकी पार्टी फुटाउँदा पनि केही सीप लागेन । पार्टी तीन टुक्रा, चार टुक्रा बनाउँदा पनि प्रचण्ड ज्यूँदै रहँदासम्म त यो आन्दोलन मर्ने रहेनछ फेरि जागेर आउँदो रहेछ भन्ने अहिले देखियो’ उनले भने ।

अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?