+
+

थप १८३ जनामा कोरोना संक्रमण, ६४९ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १५:५३

१९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ भने ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?