+
+
मन्त्रिपरिषद्का निर्णय :

सरकारले मोतीपुर घटनाका मृतक परिवारलाई ५ लाख ५० हजार राहत दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १५:५२

२३ कात्तिक, काठमाडौ। बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

२४ असोजमा एक समूहले बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । यसअघि प्रदेश सरकारले मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै सरकारले नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको छ ।

कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न अनुमति दिने सरकारले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?