२६ कात्तिक, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ ।
चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो ।
लगतै सिप्यानले गौतमको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै उपचारका लागि अस्पताल र चिकित्सकसँग आवश्क समन्वय गर्ने प्रतिवद्धता समेत सिप्यानले जनाएको छ ।
प्रतिक्रिया 4