+
+

प्रचण्ड अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १६:५८

२७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको हो ।

‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?