+
+

नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:५९

२८ कात्तिक, काठमाडौं । हुलदंगा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ ।

थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदंगा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो ।

गैरप्रतिनिधिहरुको समूहले महाधिवेशनस्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।

१६ वटा जिल्ला समिति विघटन गरी आफूखुसी तदर्थ समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विघटित जिल्लाहरुबाट प्रतिनिधिहरु पहिचान नगरी विशेष महाधिवेशन हुन नसक्ने असन्तुष्ट पक्षको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?