+
+

महाधिवेशनका लागि एमालेले तीन दिनमा पाँच लाख उठायो

नेकपा एमालेले १० औं महाधिवेशनको खर्चका लागि पार्टी सदस्यबाट तीन दिनमा पाँच लाख रुपैयाँ संकलन गरेको छ । शुक्रबार साँझदेखि ईबैंकिङ प्रणालीबाट पाँच लाख रुपैयाँ संकलन भइसकेको केन्द्रीय कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १३:३९

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको खर्चका लागि पार्टी सदस्यबाट तीन दिनमा पाँच लाख रुपैयाँ संकलन गरेको छ ।

शुक्रबार साँझदेखि ईबैंकिङ प्रणालीबाट पाँच लाख रुपैयाँ संकलन भइसकेको केन्द्रीय कार्यालयले जनाएको छ । शनिबार एक लाख ९४ हजार संकलन भएको थियो । एमालेले पार्टी सदस्यहरुले मोबाइल बैंकिङ प्रणालीबाट शुल्क जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

महाधिवेशनका लागि चन्दा उठाउने निर्णय गरेको एमालेले हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ लिदैछ । आठ लाख पार्टी सदस्यबाट सय रुपैयाँका दरले उठाउने र बाँकी महाधिवेशन प्रतिनिधिबाट संकलन गर्ने एमालेले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?