+
+

त्रिविले दियो कर्मचारीलाई दीर्घ सेवा पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:०७

२८ कात्तिक, काठमाडौं। त्रिभुवन विश्‍वविद्यालयले शिक्षक तथा कर्मचारीलाई आइतबार दीर्घ सेवा पदकबाट सम्मान गरेको छ ।

त्रिभुवन विश्‍वविद्यालयले निरन्तर २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुर्‍याएका शिक्षक, कर्मचारीलाई मेडल तथा प्रमाणपत्रले सम्‍मान गरेको हो ।

गत वर्ष र यसवर्षका १ सय दुई जना प्राध्यापक र ९८ जना कर्मचारी गरी २ सय शिक्षक तथा कर्मचारीलाई सम्‍मान गरेको छ ।

चार आना सुन र एक तोला चाँदीले बनेको पदक र बधाईसहितको प्रमाणपत्र प्रदान गरेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनले भने ‘म लगायत दुई सय जनाले पदक प्राप्त गरेका छौं ।’ करीब ८० प्रतिशतले आजै पदक तथा प्रमाणपत्र ग्रहण गरेको जोशीले बताए ।

आइतबार कार्यक्रमको आयोजना गरेर त्रिविले पदक वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?