+
+

ब्याजदर एकल अंकमा राख्न राष्ट्र बैंकको थप कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १९:२७

२८ कात्तिक, काठमाडौं । ब्याजदर नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । यही कात्तिक पहिलो साता बैंकहरुले आक्रामक ढंगले निक्षेपको ब्याजदर वृद्धि गरेपछि एक पटकमा १० प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने भन्दै राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो ।

आइतबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा थप कडाइ गर्दै औसत तथा न्यूनतम ब्याजदर (कल निक्षेप बाहेक) को औसतमा बढीमा दश प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर सीमाभन्दा बढी हुन गएमा अधिकतम् वा न्यूनतममध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ ।

उदाहरणको लागि यदि अघिल्लो महिना ‘क’ वर्गका सबै बैंकले प्रकाशन गरेका अधिकतम् ब्याजदरको औसत ८.५ प्रतिशत भएमा सोमा १० प्रतिशतले वृद्धि गरी कायम हुने ९.३५ प्रतिशतसम्म मात्र ‘क’ वर्गका बैंकले अधिकतम ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative