+
+

कानून व्यवसायीको माइक प्रहरीले खोस्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १०:३३

२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतभित्र प्रवेश गरेर प्रदर्शन गरेका कानुन व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।

केही कानुन व्यवसायीहरुमाथि प्रहरीले सामान्य लाठीचार्ज गरेको छ भने उनीहरुले प्रयोग गर्दै आएको माइक पनि खोसेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले माइक फिर्ता गर्न र शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरी अधिकृतलाई भनेका छन् । माइक नपाएपछि कानुन व्यवसायीहरुले अघिल्लो दिनमा जस्तो प्रदर्शनस्थलमा भाषण गरेका छैनन् । उनीहरु यथास्थानमा धर्नामा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?