+
+

पूर्वसभासद् बादशाहलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना

प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १५:२४

२९ कात्तिक, काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।

प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

साथै, उनीहरुले सरकारले गठन गरेको छानबिन समितिको निष्कर्ष अनुसार कारबाही प्रक्रिया अघि नबढेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । खाल भन्छिन्, ‘निर्मला कुर्मी घटनाको छिटोभन्दा छिटो सुरुदेखि अनुसन्धान गरी सत्य, तथ्य सार्वजनिक गरियोस् ।’

जिल्ला प्रहरी कार्यालय, बाँकेले चाहिँ घटनामा संलग्न ७ जना पक्राउ परिसकेको बताउँदै बादशाहलाई समात्न कानूनी आधार नभएको बताएको छ । उनी पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?