+
+

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना सुरु

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १०:४२

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै प्रहरीको तैनाथी बढाइएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।

समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ ।

तस्वीर : विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?