+
+

असन्तुष्ट समूहबाट अलग भएका न्यायाधीश पनि इजलासमा बसेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १२:२४

३० कात्तिक, काठमाडौं । असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीश अहिलेसम्म इजलासमा बसेका छैनन् ।

तीन सातादेखि सामूहिक छलफलमा रहेका तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरुको छलफलमा नआउने घोषणा गरेका थिए ।

मंगलबार प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले उनीहरुको संयुक्त तथा एकल इजलासमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा राखेका थिए । श्रेष्ठ र शर्माको इजलासमा २१ वटा तथा केसी र रेग्मीको संयुक्त इजलासमा ४१ मुद्दाको पेशी छ । यस्तै प्रकाश कुमार ढुंगाना र कुमार चुडालको पनि अर्को इजलास छ । जसमा ६२ वटा मुद्दाको पेशी तोकिएको छ । तर मध्याह्नसम्म ती कुनै पनि इजलास बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?