३० कात्तिक, काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध हुने तीन खेलको टी-२० सिरिज गुमाउने भएका छन् ।
विलियम्सन टेष्ट टिमको प्रशिक्षणमा सहभागी भएकोले न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा टिम घोषणा गरेको छ ।
न्युजिल्याण्ड भारतसँग बुधबार पहिलो टी-२० खेल जयपुरमा खेल्दैछ । यूएईमा टी-२० विश्वकपको फाइनल खेलेको केही दिनमै न्युजिल्याण्डले भारतविरुद्ध सिरिज खेल्न लागेको हो ।
काएन जेमिसन, डार्यल मिचेल, मिचेल सान्टनर र ग्लेन फिलिप्स भने टी-२० र टेष्ट सिरिज दुवैमा समावेश छन् ।
यस्तै चोटका कारण टी-२० विश्वकप गुमाएका तीव्र गतिका बलर लकी पर्गुसन पनि टी-२० टिममा फर्किएका छन्।
भारत र न्युजिल्याण्डबीचको दोस्रो खेल नोभेम्बर १९ मा राची र तेस्रो खेल कोलकतामा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4