+
+

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ७:५९

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेनअन्तर्गत शुक्रबादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो ।

समितिको पछिल्लो संशोधित कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । अधिकांश जिल्लामा आज अधिवेशन हुँदैछ । आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।

कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६-१७ गते हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?