+

कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने

२०७८ मंसिर  ४ गते १७:५५ २०७८ मंसिर ४ गते १७:५५
कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले माल्दिभ्सको लिग खेल्ने भएका छन् ।

माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको  लिग खेल्न किरण माल्दिभ्स पुगिसकेका छन् । माजियाले शनिबार किरणलाई आफ्नो खेलाडीको रुपमा चिनाएको हो ।

शुक्रबारदेखि नेपालको शहीद स्मारक ए डिभिजन लिग सुरु भएपनि किरण शुक्रबारै माल्दिभ्स गएका थिए । किरणले यसअघि पनि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेल्दै उपाधि जितेका थिए साथै उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

गत सिजन किरणले भारतीय आई लिग क्लब राउन्ड ग्लास पन्जाबबाट खेलेका थिए । राउण्ड ग्लास पञ्जाबसंग सम्झौता सकिएपछि किरण माल्दिभ्सको क्लब गएका हुन् । किरणले नेपाल, भारत र माल्दिभ्समा लिग जित्ने खेलाडी हुन् ।

किरण कुमार लिम्बु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय