+
+

कांग्रेस रुकुम पश्चिमको सभापतिमा पौडेल समूहका वली सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते ८:४६

९ मंसिर, सुर्खेत । नेपाली कांग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता प्रेमप्रकाश वली सर्वसम्मत निर्वाचित भएका छन् ।

रुकुम दुई जिल्लामा विभाजित भएपछि सभापतिको जिम्मेवारी पाएका वली अधिवेशनबाट पुनः सभापतिमा चएन भएको निवर्तमान उपसभापति धिरेन्द्रकुमार बटालाले जानकारी दिए ।

मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमिति नै सहमति टुंग्याएर निर्वाचन समितिलाई बुझाएको हो ।

सोही सहमति अनुसार जिल्ला उपसभापतिमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् । सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् भने सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का रहेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ को सभापतिमा महेन्द्र केसी र ‘ख’को सभापतिमा भद्रबहादुर विष्ट छानिएको बटालाले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?