१० मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो । तर सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ,’ तामाङले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4