+
+

जब यात्रुले जहाजलाई धकेल्न थाले…

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते २१:१५

१५ मंसिर, काठमाडौं । चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले धकेलेको त तपाईं हामीले देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।

तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।

जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अवरुद्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए । तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए ।

त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।

त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?