+
+

माओवादी केन्द्रको धनगढी उपमहानगर अध्यक्षमा खाती निर्वाचित

नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका समितिको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते १९:०९

१६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरपालिका समितिको अध्यक्षमा सुरज खाती निर्वाचित भएका छन् ।

खातीले आशिष बम र मुरारी अधिकारीलाई पराजित गरेका हुन् । अध्यक्षमा निर्वाचित खातीले ३५ मत पाउँदा बमले १२ र अधिकारीले २४ मत पाए ।

नगर समितिको उपाध्यक्षमा ललित खत्री, मन्तोरा राना र दीपक रावल निर्वाचित भएका छन् । खत्रीले ४६, राना र रावलले ४१ पाए ।

सचिवमा रमेशप्रसाद भट्टराई, सहसचिव सुरेश सुनार र कोषाध्यक्षमा सूर्य शर्मा निर्वाचित भएका छन् । माओवादी केन्द्रले पालिका अधिवेशनबाट धनगढी उपमहानगरपालिकामा ७१ सदस्यीय नगर समिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?