+
+

पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न ३ जनालाई जन्मकैद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ८:३१

२७ मंसिर, काठमाडौं । जिल्ला अदालत दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण)सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।

मुलुकी ऐनमा जन्मकैदको सजाय भए २० वर्ष कैद हुने व्यवस्था छ । न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले तीनजना आरोपितहरूलाई दोषी ठहर गरेको हो ।

आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई तीन वर्षको कैद सजाय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?