+
+

माघबाट ‘ब्याण्ड च्याम्पियन’, विजेतालाई २० लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १३:५६

२९ मंसिर, काठमाडौं । देशभरि छरिएर रहेका सांगीतिक ब्याण्डलाई मञ्च प्रदान गर्ने उद्देश्यले ‘ब्याण्ड च्याम्पियन’को आयोजना हुने भएको छ । यो च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्याण्डले सहभागिता जनाएका छन् । जसमध्ये ७० वटा ब्याण्ड जज अडिसनबाट छानिएका छन् ।

‘ब्याण्ड च्याम्पियन’ एपीवान टेलिभिजनबाट माघको पहिलो सातादेखि प्रसारण हुनेछ । यो शोका निर्देशक फूर्वा शेर्पा हुन् । उनले ब्याण्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले पनि सबैको प्रस्तुतिलाई हेरेर निर्णय लिइने बताए । उनले भने, ‘ब्याण्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो । यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ । प्रतिस्पर्धामा विशेषगरी रक र पप गीत प्रस्तुत हुनेछ ।’

निर्देशक शेर्पाका अनुसार यो कार्यक्रम माघदेखि जेठसम्म प्रसारण हुनेछ । जज राउण्डपछि ओरिजिनल सङ राउण्ड हुनेछ । जहाँ ब्याण्डले आफ्नै गीत गाउनुपर्नेछ । उत्कृष्ट १० मा पुगेपछि भने भोटिङ शुरु निर्देशक शेर्पाले बताए ।

भोटिङ राउन्डमा जजको ६० र भोटको ४० प्रतिशत भूमिका रहनेछ । यो शोको निर्णायकका रुपमा ड्रमर देव राना, भोकलिष्ट रविन तामाङ, गिटारिस्ट ज्योति घिमिरे छन् । एपीवान टेलिभिजनमा शनिबार र आइतबार प्रसारण हुने ब्याण्ड च्याम्पियनका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथो हुनेले ४/४ लाख पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?