+
+

मिदासले वीपी स्वास्थ्य प्रतिष्ठानमा शुरु गर्‍यो अनलाइन अपोइन्टमेन्ट सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:३४

काठमाडौं । मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्दै अनलाइन टिकट सेवा शुरु गरेको छ ।

कम्पनीका अनुसार नलाइन टिकट सेवा शुरु गरेसँगै बिरामीले अब घण्टौ लाइन बस्नुपर्ने बाध्यताबाट छूटकारा पाउने छन् । यस्तो सेवा पूर्वाञ्चलको स्वास्थ्य क्षेत्रमा पहिलो पटक शुरु गरिएको कम्पनीको दावी छ । मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सेवा शुरू गरिएको हो ।

नयाँ प्रणाली अनुसार बिरामी आफैंले अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्ने छन् । कोरोना महामारीका बीच यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीको छ । यो सेवा अहिले टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी अस्पतालहरुले समेत मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोग गरेका छन् । कम्पनीले अन्य सरकारी तथा निजी अस्पतालले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्श गर्न मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?