+
+

इन्द्रेणी कम्प्लेक्सको आगलागी नियन्त्रणमा, दुई करोडको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:५७

५ पुस, काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ ।

सोमवार दिउँसो तिनबजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सका जीम सेन्टरमा आगलागी भएको हो ।

आगलागीबाट जीम सेन्टरको सामानहरु जल्दा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जीम सेन्टरको सञ्चालकलाई उदृध गर्दै प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामाले जानकारी दिए ।

दिउँसो ३ बजे आगलागीको सूचना पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको टोली घटनास्थलमा पुगेर करीब ५० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिएको उनले बताए। प्रारम्भिक अनुसन्धानमा इन्भर्टरमा आगलागी भएर आगलागी फैलिएको देखिएको उनले जानकारी दिए ।

काठमाडौं, भक्तपुर र ललितपुर तिनवटै जिल्लाको दमकल समयमै आएका कारण आगलागी नियन्त्रण सम्भव भएको डिएसपी लामाले बताए ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?