११ पुस, दाङ। राप्ती लोकमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड आजबाट दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट-चोरखोला सडकखण्डमा सडक स्तरोन्नति गर्न लागिएकाले १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुनेको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।
पुस ११ (आज) गतेबाट २५ गतेसम्म गरी दैनिक तीन पटक गरेर बन्द हुने उनले बताए ।
उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुनेछ ।
सो अवधिमा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक बाटोको लागि कपुरकोट–पैयाखोर डाइभर्सनको रुट प्रयोग गर्न सक्ने समेत सहायक प्रजिअ खड्काले बताए ।
प्रतिक्रिया 4