१३ पुस, रौतहट । रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको गढिमाइ नगरपालिका–३ का १६ वर्षका शेख नैवसाद, २२ वर्षका शेख सैनुल्हा, ५५ वर्षका मोसाफिर अन्सारी र २५ वर्षका शेख छोटु रहेका छन् । अर्का मृतकको भने सनाखत भइ नसकेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीका अनुसार कारमा सवार ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4