१८ पुस, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो बस्ने कांग्रेसले जनाएको छ ।
१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4