+
+

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते ११:१९

१९ पुस, काठमाडौं । मानसिक अस्पताल पाटनको निर्देशकको जिम्मेवारी डा. अनन्त अधिकारीले पाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि नै अनिवार्य अवकाश भएको थियो । ‘आइतबार मन्त्रालयबाट पत्र बुझें, आजबाट नयाँ जिम्मेवारी सम्हाल्छु,’ डा. अधिकारीले अनलाइनखबरसँग भने । डा. अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।

नेपाल सरकारको केन्द्रीय मानसिक अस्पतालका रूपमा वर्गीकरण गरिएको मानसिक रोग अस्पताल पाटन हाल ५० बेडमा सञ्चालन भइरहेको छ । बिरामीको चापअनुसार अस्पतालका लागि उक्त बेड संख्या अपर्याप्त भएको निर्देशक डा. अधिकारी बताउँछन् । ‘बिरामीको चापअनुसार अस्पतालको भौतिक संरचनासमेत अपुग छ । अब भौतिक संरचनालाई सुधार गरेर एक सय बेड बनाउने योजना छ,’ डा. अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?