+
+

नागढुंगाबाट ७५० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १५:१२

२० पुस, काठमाडौं । प्रहरीले नागढुंगाबाट ७५० एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बाराबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा मंगलबार दिउँसो नागढुङ्गास्थित चेकप्वाइन्टमा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ का २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका-४का १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।

कृष्ण यादवको साथबाट १५० एम्पुल नुफिन, १५० एम्पुल फेनेर्गन र १५० एम्पुल डाइजेपाम गरी ४५० एम्पुल लागूऔषध तथा दिपेश कुमार रामको साथबाट १०० एम्पुल नुफिन, १०० एम्पुल फेनेर्गन र १०० एम्पुल डाइजेपाम गरी ३०० एम्पुल गरी जम्‍मा ७५० लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?