+
+

प्रदेश-२ मा सत्ता गठबन्धनका दुई जनाले दर्ता गराए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १५:३३

२० पुस, जनकपुरधाम । राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश-२ मा सत्तारुढ गठबन्धनका उम्‍मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट अन्य समूहमा जसपाका मो. खालिद सिद्दिकी र महिला समूहमा माओवादीका उर्मिला अर्यालले उम्मेदवारी दिएकी हुन् । सिद्दिकी सिरहा निवासी हुन् भने अर्याल पर्साकी हुन् ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित जसपाका नेताहरुसमेत निर्वाचन कार्यालय पुगेका छन् । जसपाका कार्यकर्ता र्‍यालीसहित निर्वाचन कार्यालय पुगेका थिए ।

माओवादीका उम्मेदवार अर्याल भने आफ्ना नेतासहित पहिला नै निर्वाचन कार्यालय पुगेकी थिइन् ।

निर्वाचन कार्यालय पुगेका मुख्यमन्त्री राउतले आफ्नो गठबन्धन धेरै फरक मतले जित्नेमा कुनै शंका नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?