+
+

राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ११:१०
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेल

२२ पुस, काठमाडौं । सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?