+
+

मुस्कान खातुनलाई सरकारले दियो ३ लाख आर्थिक सहायता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १५:५३

२२ पुस, काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषदले बैठकले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरुलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढको कोहल्वी तेत्तिस केभी सबस्टेशन निर्माणका लागि २ विघा जग्गा नेपाल विद्युत प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

सरकारले नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशन गर्न स्वीकृत दिने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । त्यस्तै सरकारले सहसचिव कृष्णबहादुर राउतलाई सचिवमा बढुवा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?