+
+

वीरगञ्जबाट २५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइयो

सुरेश बिडारी सुरेश बिडारी
२०७८ पुष २३ गते १२:४९

२३ पुस, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरसको भेरियन्ट पत्ता लगाउन २५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको छ ।

वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमुना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सुक्ष्म जीवविज्ञ डा. प्रभाकर पाण्डेले बताए । उनका अनुसार पीसीआर परीक्षण गर्दा पोजेटिभ आएका ११ र एन्टिजेन पोजेटिभ आएका १४ गरी २५ नमुना काठमाडौं पठाइएको हो ।

जिन सिक्वेन्सिङ गरेपछि कोरोना संक्रमण गराउने भाइरसको किसिम पत्ता लाग्छ । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिएको छ । वीरगञ्जमा पनि संक्रमितको संख्या बढ्दै गएपछि सो भाइरस ओमिक्रोन हो वा नेपालमा पहिलेदेखि नै रहेको भेरियन्ट हो भन्ने पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्न लागिएको हो ।

‘एस जिन परीक्षण गर्ने किट पनि काठमाडौंमा मात्रै छ, एस जिन परीक्षणपछि नेगेटिभ आएका स्याम्पलको जिन सिक्वेन्सिङ हुन्छ’ उनले भने ‘थप अनुसन्धानका लागि स्याम्पल पठाएका हौं । रिपोर्ट आएपछि कुन भेरियन्टको संक्रमण हो भनेर थाहा हुन्छ ।’

वीरगञ्जसँग सीमा जोडिएको सीमावर्ती भारतीय राज्य बिहारमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । बिहीबारदेखि नै प्रि स्कुल र कक्षा १ देखि ८ सम्मको भौतिक उपस्थितिसहितको पढाइ बन्द गरी अनलाइनमार्फत पढाउन थालिएको छ । कक्षा ९ देखि १२ सम्म ५० प्रतिशत विद्यार्थी सहभागी गराई पढाइएको छ । त्यस्तै सिनेमा हल ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न भनिएको छ भने बिहेमा पनि सहभागी हुनेहरुको संख्या तोकिएको छ ।

संक्रमित शून्य अवस्थामा पुगिसकेकोे वीरगञ्जमा पुस १६ गते २२ जनाको परीक्षण गर्दा ३ जना, पुस १९ गते २४ जनाको परीक्षण गर्दा ३ जना र २१ गते ३३ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै वीरगञ्ज–रक्सौल नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि संक्रमित भेटिने क्रम बढेको छ । वीरगञ्जमा पुस ८ गते यता २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?