
२४ पुस, दाङ । नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।
जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी, उप-सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
अधिवेशनमा एक हजार ६०० प्रतिनिधि सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4