+
+

चितवनमा भोलिदेखि मेला,महोत्सव बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ हुने मेला महोत्सव बन्‍द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला/ महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । उनका अनुसार बैठकले कोरोना संक्रमण बढ्न थालेपछि भोलिदेखि (पुस २७) चितवनमा भइरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १८:४९

२६ पुस, चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ हुने मेला महोत्सव बन्‍द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले चितवनमा हुने मेला/ महोत्सव बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

उनका अनुसार बैठकले कोरोना संक्रमण बढ्न थालेपछि चितवनमा भइरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै पुस २५ गतेबाट शुरू भएको चितवन महोत्सवलाई व्यवस्थापनको तयारी गर्न दुई दिनको समय दिने निर्णय गरेको उनले बताए। उनले भने, ‘चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुनेछ ।’

यस्तै पुस २७ गतेदेखि शुरू हुने रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला बन्द गर्ने सर्वपक्षीय बैठकले गरेको छ ।

यता, स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमन शून्यमा झरेको संक्रमण दर ८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?