+
+

नेपालगञ्ज नाकामा ३७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज नाकामा गरिएको परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको छ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १९:४५

२६ पुस, दाङ। नेपालगञ्ज नाकामा गरिएको परीक्षणमा सोमबार ३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

नेपालगञ्जको जमुनाहाका नाकामा भारतबाट फर्केको छ सय ६० जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोभिड संक्रमण देखिएको भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

भारतका विभिन्न सहरबाट फर्कनेहरुमा कोरोना भाइरस संक्रमण देखिनेक्रम बढेको उनले बताए । शनिबार ४९ र आइतबार नाकामा ३९ जनामा संक्रमण पुष्टी भएको थियो ।

उनका अनुसार नाकामा हालसम्म ५ सय ९२ जनामा कोभिड संक्रमण देखिएको छ । नाकामा दैनिक करिब आठ सयसम्म एन्टिजेन जाँच हुने गरेको छ ।

नेपालगञ्जको जमुनाहा नाकामा कोरोना देखिएका अधिकांश पहाडी जिल्लाका छन् । उनीहरूलाई केही दिन आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाइने वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?