२७ पुस, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लघु, घरेलु तथा साना तथा मझौला उद्योगको बौद्धिक सम्पत्ति दर्ताका लागि सहयोग गर्ने भएको छ ।
आफ्नो उत्पादनको बौद्धिक सम्पत्ति दर्ताका लागि १५ दिन भित्र सम्पर्क गर्न त्यस्ता उद्योगहरुलाई मन्त्रालयले आग्रह गरेको छ ।
पेटेण्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ अनुसार त्यस्ता उद्योगको बौद्धिक सम्मपत्ति दर्ता गर्न मन्त्रालयले सहजीकरण तथा सहयोग उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
आवेदन दिएका मध्ये यो आर्थिक वर्ष २० वटालाई छनोट गरेर यस्तो सुविधा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4