
१ माघ, काठमाडौं । माघे संक्रान्तिका दिन विगतमा वर्षहरुमा काठमाडौंको टुँडिखेल निकै गुल्जार देखिन्थ्यो । आफ्नो ठूलो पर्व माघीको अवसरमा मगर र थारु समुदायले विशेष कार्यक्रम आयोजना गरेका हुन्थे ।
सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु पनि टुँडिखेलमा माघीको शुभकामना दिन पुग्थे । मगर र थारु समुदयका युवा युवतीले आफ्ना जातीय पोशाक लगाएर नाचगान र रमाइलाे गर्थे । टुँडिखेलका स्टलमा मगर र थारु समुदायका मौलिक परिकार चाख्न पाइन्थ्यो ।
तर यो वर्ष कोरोना महामारी ह्वात्तै बढेकाले अन्तिम समयमा माघीको औपचारिक कार्यक्रम रोकियो । सरकारले केही दिनअघि २५ जना भन्दा बढी भेला हुन रोक लगाएको थियो ।
शनिबार टुँडिखेलमा कुनै औपचारिक कार्यक्रम त भएन । तर मगर र थारु समुदायका युवायुवती आफ्नो जातीय पोशाकसहित पुगेका थिए । माघी विशेष कार्यक्रम स्थगित भएको थाहा नपाएर हो वा अन्य कारणले टुँडिखेलमा भेला हुनेको संख्या ठूलो थियो ।
औपचारिक कार्यक्रम नभएको थाहा पाएपछि आफ्नो मौलिक पोशाकमा ठाँटिएका युवा युवतीले एकल तथा समूहमा तस्वीर खिचेर खुशीयाली मनाए ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4