+
+

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गरियोस् : गाउँपालिका र नगरपालिका संघ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १२:३२

३ माघ काडमाडौं । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रकि्रया तत्काल शुरु गर्न भनेका हुन् ।

समयमै निर्वाचन नभए पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका कार्यहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

संविधानले नै जनप्रतिनिधिविनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै निर्वाचन गर्नुको विकल्प नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन् । यही बेला तीन वटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

संविधान र विद्यमान कानूनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?