५ माघ, काठमाडौं । धरानमा एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार पुस २८ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा कलेजो र मिर्गौलासम्बन्धी समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4