
५ माघ, जनकपुरधाम । धनुषामा गस्तीमा खटिएको प्रहरी टोलीमाथि लुटेरा समूहले आक्रमण गरेको छ ।
धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार लुटेरा समूहको आक्रमणबाट एकजना प्रहरी सहायक निरीक्षक (असई) घाइते भएका छन् । घाइते हुनेमा बटेश्वरी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनोज पोखरेल छन् । टाउकोमा चोट लागेका उनको उपचार जारी छ ।
गएराति महोत्तरीको भंगहा नगरपालिका ७ बस्ने अमित पासवानको घरमा लुटपाट भइरहेको सूचना पाएपछि खटिएको गस्ती टोलीमाथि लुटेराहरुले आक्रमण गरेका थिए ।
प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख रजौरेले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4