+
+

जीन सिक्वेन्सिङ रिपोर्ट : नेपालमा ओमिक्रानले डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्दैछ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १६:४७

९ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो जीन सिक्वेन्सिङको रिपोर्ट अनुसार नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट सक्रिय देखिएको छ ।

पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका ३२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, जसमध्ये २८ वटामा ओमिक्रोन र बाँकी चारमा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिर अधिकारी भन्छन्, यसले विश्वव्यापी रुपमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गरे जस्तै नेपालमा पनि सोही अवस्था देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?