१० माघ, काठमाडौं । पठाओ राइडर प्रविन राईले अफलाइन राइड लिएको समय अपहरणमा परेको पाइएको छ ।
राईलार्य शनिबार राथि कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ । तामाङ कोटेश्वरबाट पठाओमा गएका थिए भने राईले धापाखेलमा बन्धक बनाउन सहयोग गरेको पाइएको प्रहरीले बताएको छ ।
राइडर प्रविण पनि अफलाइन राइड लिएको पाइएको पठाओ नेपालले बताएको छ ।
पठाओका अनुसार राईले घटना भएको दिन सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएका थिए । कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको पठाओले जानकारी दिएको छ । निजले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो, पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पठाओको विज्ञप्ति
प्रतिक्रिया 4