+
+

चोरीका आरोपीलाई मुद्दा नचलाई छाडेको अभियोगमा इन्स्पेक्टरको जिम्मेवारी खोसियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १८:२३
फाइल तस्वीर

१० माघ, काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएका छन् ।

चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाई छाडेको अभियोगमा छानबीनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो । घटनामा उनले आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अपराध महाशाखामा सूचना पुगेको थियो ।

‘उनीविरुद्ध केही प्रश्न उठेपछि एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानबीन समिति बनाएर अनुसन्धान भइरहेको छ’ कुँवर भन्छन्, ‘समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए कारबाही हुन्छ ।’ हाललाई रम्तेलको ठाउँमा महाशाखाको बानेश्वरस्थित कार्यालयमा कार्यरत निरीक्षक केशव बाह्रकोटीलाई ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?