+
+

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:४१

११ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

म‌ंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । मंगलबार थप आठजनासहित मृत्‍यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १८४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५१३ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा मात्रै चार हजार ८७५ संक्रमित थपिएका छन् भन् ललितपुर र भक्तपुरमा क्रमश: ७८२ र ५१५ संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाबाहेक सबैभन्दा धेरै मोरङमा ४४२, कास्कीमा ३११, सुनसरीमा २९१ र रुपन्देहीमा २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेमा २१२, कैलाली र झापमा १६७/१६७, चितवनमा १५०, बाँकेमा १२१ र मकवानपुरमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दाङ ६७, कञ्चनपुर ५९, सुर्खेतमा ४८ नवलपरासी पूर्व ४६, सिराहा ४२, धनुषा ४४, पाल्पा ४०, स्याङजा ३७, नवलपरासी पश्चिम ३२, बर्दिया ३०, गोरखा २६, धादिङ २५, सर्लाही २३ तथा अर्घाखाँचीमा २२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयको तथ्यांक अनुसार कपिलबस्तु र गुल्मी १९/१९, पर्सा, बागलुङ र बारा १७१/१७, रौतहट, खोटाङ र उदयपुर १६/१६, धनकुटा १४, अछाम १३, तेह्रथुम र सप्तरी १२/१२, रामेछाप ११ र रोल्पामा १० जना संक्रमित थप भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?